logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • धादिङमा बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत

    973Shares
    धादिङमा बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत

    पोखरा । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट अनियन्त्रित भएर त्रिशूली नदी किनारमा खस्दा त्यसमा सवार ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।   दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट