logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    886Shares
    यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भू-भाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ।

    त्यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    बुधबार राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ माघ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार