logo

२०८२ फाल्गुन २५ सोमबार

logo
  • २०८२ फाल्गुन २५ सोमबार
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?

    913Shares
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    काठमाडौं।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागको मौसम मुख्यतया सफा रहने छ।



    फास्ट न्युज    
  • २०८२ माघ २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार