ब्रसेल्स, बेल्जियम । युरोपेली सङ्घ (इयू)का ऊर्जा आयुक्त डान जोर्गेनसेनले युरोपेली सङ्घका ऊर्जा आयुक्त डान जोर्गेनसेनले तरलीकृत प्राकृतिक ग्यास (खाना पकाउने ग्यास)का लागि युरोप अमेरिकामाथि निर्भर हुन नहुने बताएका छन् ।
‘ग्रिनल्याण्डबारे विवादपछि देखिएको भूराजनीतिक उथलपुथल एउटा विवेकसङ्गत चेतावनी हो,’ जोर्गेन्सेनले ब्रसेल्समा पत्रकारहरूसँग भने । उनले भने, ‘इयूले रूसी ऊर्जाको आयात घटाउँदै जाँदा त्यहाँ बढ्दो चिन्ता छ । म यसलाई सार्वजनिक गरेको छु, हामी एक निर्भरतालाई अर्कोसँग प्रतिस्थापन गर्ने जोखिम उठाइरहेका छौँ ।’
पूर्व डेनिस ऊर्जा मन्त्रीले भने, ‘इयूलाई आपूर्ति बढाउन सक्ने ब्रसेल्सले क्यानाडा, कतार र उत्तर अफ्रिकाका देशजस्ता ‘विकल्पहरू खोजिरहेको छ।’ उनले थपे, ‘म आगामी महिनाहरूमा धेरै सम्बन्धित देशहरूसँग सान्दर्भिक बैठकहरूको आयोजना गर्नेछु र हाम्रो सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ यी केही देशहरूको भ्रमण पनि गर्नेछु।’
गत वर्ष संयुक्त राज्य अमेरिकाले समूहको एलएनजी आयातलाई ६० प्रतिशत भन्दा कम बनाएको थियो । जोर्गेन्सेनले भन्नुभयो, ‘अमेरिकासँग कम व्यापार गर्ने हाम्रो नीति कहिल्यै बनेको छैन, हामी व्यापार द्वन्द्व चाहँदैनौं, तर युरोपले ट्रम्पलाई रिस उठाउने जोखिम उठाउँछ र यदि उसले अब अमेरिकाबाट अलग हुन खोज्छ भने यसले यूरोपलाई असर गर्नेछ ।’
गत वर्ष दुई पक्षले गरेको व्यापार सम्झौताको एक महत्वपूर्ण हिस्सा ठूलो मात्रामा जीवाश्म इन्धन किन्ने वाचा थियो ।सम्झौताअनुसार २७ राष्ट्रको युरोपेली सङ्घले आफ्ना कम्पनीले आगामी तीन वर्षभित्र अमेरिकाबाट ७५० अर्ब अमेरिकी डलर बराबरको ऊर्जा खरिद गर्ने लक्ष्य राखेको जनाएको छ ।
ट्रम्पले यसै महिना युरोपेली सङ्घको सदस्य डेनमार्कबाट ग्रीनल्याण्डको स्वायत्त क्षेत्र कब्जा गर्ने चेतावनी दिएपछि ट्रान्सएटलान्टिक गठबन्धनमा नयाँ सङ्कटमा छाएको छ। –रासस/एएफपी
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया