logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • दक्षिण कोरियाली आयातमा अमेरिकाद्वारा २५ प्रतिशतसम्म कर वृद्धि

    934Shares
    दक्षिण कोरियाली आयातमा अमेरिकाद्वारा २५ प्रतिशतसम्म कर वृद्धि

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका गर्नुभएको छ । उहाँले गएको वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’ लगायतका विभिन्न उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने बताउनुभयो । दक्षिण कोरियाली सांसदहरूले सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरे पनि सम्झौता अनुसार ट्यारिफ घटाउन द्रुत गतिमा काम गरिरहेको ट्रम्पको भनाइ छ ।

    दक्षिण कोरियाले आफ्ना केही सामानहरूमा कर बढाउने निर्णयको आधिकारिक सूचना नदिएको र यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता गर्न चाहेको बताएको छ । अहिले क्यानडामा रहेका दक्षिण कोरियाका उद्योगमन्त्री किम जङ–क्वानले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकलाई भेट्न सकेसम्म चाँडो वाशिंगटनको भ्रमण गर्ने पनि भनिएको छ ।

    दुई देशबीच गएको अक्टोबरमा दक्षिण कोरियाले अमेरिकामा ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो, जसमध्ये केही रकम जहाज निर्माणमा जाने सम्झौतामा पुगेका थिए । ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा विदेश नीति लागू गर्न बारम्बार ट्यारिफलाई लाभको रूपमा प्रयोग गर्नुभएको छ । गएको शनिवार ट्रम्पले क्यानडालाई चीनसँग व्यापार सम्झौता गरेमा एक सय प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट