logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • काठमाडौंमा हल्का वर्षा, प्रवायु प्रदूषण घट्ने अपेक्षा

    940Shares
    काठमाडौंमा हल्का वर्षा, प्रवायु प्रदूषण घट्ने अपेक्षा

    काठमाडौं । लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।

    वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् ।

    काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले बताए । ‘अहिले खण्डित रूपमा पानी परिरहेको छ,’ मौसमविद् झाले भने, ‘पानीको मात्रा आज राति र भोलि बिहानपख अझै बढी हुने सम्भावना छ ।’ पर्सि पनि पानी पर्ने सम्भावना छ । तर आज र भोलिको तुलनामा केही कमजोर हुनेछ ।

    मौसमविद्‍का अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर छ ।

    ‘उच्च पहाडी र हिमाली जिल्लाहरूमा वर्षाको सम्भावना भए पनि सुदूरपश्चिमको तराईका जिल्लातिर अलि कम सम्भावना छ,’ मौसमविद् झाले भने । वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घटेको छ । हिजोसम्म विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ । यद्यपि काठमाडौंको वायु अहिले पनि अस्वस्थकर छ । आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक १७७ छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट