logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    994Shares
    गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । श्रकबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिए ।

    मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ । उपसभापति शर्माले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेको जानकारी गराए ।

    ‘जुझारु बिद्रोही छवि मात्रै होइन, प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग,’ विश्वप्रकाशले भनेका छन्, ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दिर्घजिवी ।’संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थथ्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।

    ‘यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौं,’ शर्माले बैठकका निर्णय सुनाउँदै भने ।



    फास्ट न्युज    
  • २०८२ माघ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट