logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • उत्पन्न परिस्थिति सामनाका निम्ति देउवा समूहले लियो कानुनी परामर्श

    919Shares
    उत्पन्न परिस्थिति सामनाका निम्ति देउवा समूहले लियो कानुनी परामर्श

    काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बिहीबार पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको कसरी सामना गर्ने भनेर कानुनविद्हरूसँग लामो छलफल गरेको छ । देउवा निवास महाराजगञ्जमा झन्डै तीन घण्टासम्म छलफल चलेको थियो । छलफलमा संस्थापन पक्षका सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेताहरू सामेल थिए ।

    यता, विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । कारबाहीमा परेको अवस्थामा विशेष महाधिवेशन पक्षधर थापा समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेपछि कसरी आगामी दिनमा अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित भएको सहभागी कानुनविद्ले बाह्रखरीलाई जानकारी दिए ।

    छलफलमा वरिष्ठ अधिवक्ताहरू उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, योगेन्द्रबहादुर अधिकारी, एगराज पोखरेल, डेमोक्रेटिक लयर्श एसोसिएसन (डीएलए) महासचिव ज्ञानेन्द्र अधिकारीलगायत सहभागी थिए । परामर्शमा संलग्न डीएलए महासचिव अधिकारीका अनुसार, विशेष महाधिवेशनअघि नियमित महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले गरेको निर्णय, विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा बनेको कार्यसमितिको कानुनी हैसियत र निर्वाचन आयोगबाट आउन सक्ने सम्भावित निर्णयबारे छलफल केन्द्रीत रहेको थियो ।

    “गगन र विश्वप्रकाशले नै नियमित अधिवेशनका लागि माइन्युटमा हस्ताक्षर गरिसकेको अवस्था रहेछ । विशेष अधिवेशन रोकेर नियिमत अधिवेशनमा जान आफैँले मार्गप्रशस्त गरिदिएपछि यस्तो अवस्थामा विधानबमोजिम विशेष अधिवेशनले कानुनी हैसियत पाउन नहुने भन्ने स्प्रीटमा हामीले राखेका छौँ,” अधिकारीले भने ।
    संस्थापन पक्षधर नेताहरूले १४औँ महाधिवेशनबाट निर्वाचित समिति तलमाथि हुन नदिन कानुनी सहयोगका लागि कानुनविद्सँग आग्रह समेत गरेका थिए । “केन्द्रीय समितिले आह्वान नगरी विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने कार्य विधानसम्मत देखिँदैन भन्ने कुरा पनि हामीले राख्यौँ,” उनले भने ।

    विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिमा कसरी जवाफ दिने भनेर तयारी अवस्थामा रहन नेताहरूले आग्रह समेत गरेका थिए । संस्थापन पक्षको कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाहीपछि यता, विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै बिहीबार (माघ १) अद्यावधिकको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट