logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • कांग्रेस विशेष महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा

    1.3KShares
    कांग्रेस विशेष महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं — नेपाली कांग्रेसको तीन दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको माग चर्किँदै गएपछि काठमाडौंको भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै नाराबाजी गरेपछि सुरक्षामा थप सतर्कता अपनाइएको हो।

    हाल महाधिवेशनस्थलको मूल गेटमै सुरक्षाकर्मीहरूले कडाइका साथ निगरानी गरिरहेका छन्। प्रतिनिधिहरूले नेतृत्व चयनमा ढिलाइ भएको भन्दै निर्वाचनमार्फत समाधान खोज्नुपर्ने दबाब बढाइरहेका छन्।

    यसैबीच, संस्थापन पक्षले विशेष महाधिवेशनको विरोधमा सानेपामा युवाहरूलाई उतारेर प्रदर्शन गरेको छ। कांग्रेसको निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ।

    संस्थापन पक्षसँगको वार्ता सहमतिमा नपुगेपछि प्रतिनिधिहरू निर्वाचन प्रक्रियामै जानुपर्ने अडानमा उभिएका छन्। यही परिस्थितिलाई ध्यानमा राख्दै भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी थप सशक्त बनाइएको जनाइएको छ।

     

     



    फास्ट न्युज    
  • २०८२ पुष २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट