logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?

    943Shares
    रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?

    काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य समितिको पछिल्लो बैठकले प्रत्यक्षतर्फ थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

    सुनिलस्मृति गाउँपालिका घर भएका थापा पेशाले पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन् । राजनीतिशास्त्र मा मास्टर्स गरेका थापाले एक दशकदेखि विपन्न समुदायलाई लक्षित गरेर सामाजिक सेवा गर्दै आएका छन् ।

    विगतमा रोल्पाबाट दर्जनौ नेताहरु राजकीय भूमिकामा पुगे पनि रोल्पाले विकासको आधारशिला भेटाउन नसकेको थापाको अनुभव छ । पुराना नेताहरु भाषणमा सिमित हुँदा जिल्लाले अपेक्षित फड्को मार्न नसकेको बताउने उनी विकासको लागि सर्वप्रथम जनताको आधारभुत पक्षमा सुधार गर्नुपर्ने विश्वास राख्छन् । ‘रोल्पाले जन्माएका नेता र उनीहरुकै नेतृत्वले हैन र देशलाई सिंगापुर र स्वीट्जरल्याण्डको सपना देखाएको १’, उनले भने, ‘उहाँहरुले बाँडेको सपनालाई अब जनताले पनि सपना नै ठानेर बिर्सन बाध्य भएका छन्, तर मेरो उपस्थित सपना देखाउन हैन, यर्थाथता सुधार्न हो ।’

    जिल्ला उपसभापति समेत रहेको र अपांग तथा दृष्टिविहिन नागरिकहरुको लागि आवास निर्माणमा उल्लेख्य भूमिका निभाउँदै आएका थापाले आगामी निर्वाचनमा जनतालाई आफ्नो विवेक प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

    ‘नेताहरुले जति ठूला गफ गरे मुलुकका अधिकांश इट्टाभट्टामा पुग्ने बालबालिका रोल्पाली सन्तान छन्, नामको स्वास्थ्य केन्द्र भए पनि राम्रो उपचार नहुँदा बुटवल र काठमाडौँ झर्न बाध्य हुने पनि रोल्पाली नै हुन्’, उनले अघि भने, ‘रोजगारी र राम्रो शिक्षा नहुँदा हाम्रा छोराछोरी विदेशिन बाध्य हुनुपरेको उदाहरण हाम्रै अघि छ, कम्तिमा यो सबै रोक्न, त्यसको आधार तयार पार्न यो पटक आफ्नो विवेक प्रयोग गर्नुहोला ।’

    स्मरण रहोस, विगतमा रोल्पाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन जित्दै आए पनि यसपाली भने रास्वपाको आक्रमक उपस्थितिले थापालाई पनि बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी०ले पनि चुनाव तालमेल गरेर नेत्रविक्रम चन्द विप्लवलाई अघि सार्ने तयारी गरेको बताइन्छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट