काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङमा ५६ मिलिमिटर तथा अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ ।
पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया