logo

२०८३ भाद्र ८ सोमबार

logo
  • २०८३ भाद्र ८ सोमबार
  • गगनसहित विशेष महाधिवेशन पक्षधर नेताहरू बुद्धिजीवीसँग परामर्शमा

    1.1KShares
    गगनसहित विशेष महाधिवेशन पक्षधर नेताहरू बुद्धिजीवीसँग परामर्शमा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले बुद्धिजीवीहरूसँग छलफल सुरु गरेका छन्।

    पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाएका महामन्त्री थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसेलगायत नेताहरू आजको छलफलमा सहभागी भएका हुन्।

    काठमाडौंको नक्सालस्थित एक होटलमा भएको छलफलमा पार्टीको भावी दिशा र विशेष महाधिवेशनको आवश्यकता बारे विचार विमर्श गरिएको जनाइएको छ।

    यसैबीच, विशेष महाधिवेशन पक्षधर नेताहरूले पत्रकार सम्मेलन आयोजना गर्दै विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका छन्। उनीहरूले पार्टी नेतृत्वलाई उक्त प्रक्रियाको स्वामित्व लिन आग्रहसमेत गरेका छन्।

    पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको भए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका छन्।



    फास्ट न्युज    
  • २०८२ पुष २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट