logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?: शंकर पोखरेल

    934Shares
    गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?: शंकर पोखरेल

    काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पार्टी उपसभापति बनेकोप्रति प्रश्न गरेका छन् ।

    गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

    सोमबार साँझ ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका हुन् । सभापति रवि लामिछाने र बालेन्द्र साहले कुलमानलाई उपसभापति बनाउने निर्णय गरेसँगै कुलमान रास्वपामा आफ्नो पार्टी उज्यालो नेपालसहित समाहित भएका हुन् ।

    ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु—कति उचित हो ?’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट