logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • हरेक प्रदेशबाट समानुपातिक उम्मेदवार छान्न कांग्रेसले कसलाई दियो जिम्मेवारी ?

    1KShares
    हरेक प्रदेशबाट समानुपातिक उम्मेदवार छान्न कांग्रेसले कसलाई दियो जिम्मेवारी ?

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले हरेक प्रदेशबाट समानुपातिक उम्मेदवार छान्न सात नेतालाई जिम्मेवारी दिएको छ । शनिबार (पुस १२) सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिकतर्फका उम्मेदवार  छान्न नेताहरूलाई जिम्मेवारी तोकेका हुन् ।

    तोकिएका ती नेताहरूको नाम बाहिर सार्वजनिक नगर्ने समझदारी गरिएको संस्थापन पक्षका एक नेताले बताए । ती नेताका अनुसार, संस्थापन पक्षबाट कोसी प्रदेशको समानुपातिक सूची ‘फाइनल’ गर्न पूर्वअर्थमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ । मधेस प्रदेशबाट समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन सहमहामन्त्री महेन्द्र यादवलाई जिम्मेवारी तोकिएको छ । वाग्मती प्रदेशबाट सूची टुङ्याउन पार्टी प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।

    गण्डकी प्रदेशमा मुख्यमन्त्री समेत रहेका सुरेन्द्रराज पाण्डेलाई यो कार्यका निम्ति संयोजक तोकिएको छ । लुम्बिनी प्रदेशमा बालकृष्ण खाँणको संयोजनमा समानुपातिक सूची तयार पार्न जिम्मेवारी तोकिएको छ । यस्तै, कर्णाली प्रदेशमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै हेर्ने गरी प्रदेश सभापति जीवनबहादुर शाहीलाई संयोजक तोकिएको छ । समानुपातिक सूची टुंग्याउन सुदूरपश्चिम प्रदेशमा प्रदेश सभापति वीरबहादुर बलायरलाई नै संयोजक तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट