logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • एमाले महाधिवेशनः गठन भयो महान्यूट कमिटी, के गर्नेछ काम ?

    1.2KShares
    एमाले महाधिवेशनः गठन भयो महान्यूट कमिटी, के गर्नेछ काम ?

    काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन्। समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् ।

    महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ। यसले आगामी दिनमा पार्टीको नीतिगत, सांगठनिक र ऐतिहासिक अभिलेखलाई मजबुत बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट