logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • आज देशभरको मौसम सफा, काठमाडौं उपत्यकामा चिसो बढ्यो

    874Shares
    आज देशभरको मौसम सफा, काठमाडौं उपत्यकामा चिसो बढ्यो

    काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकामा चिसो बढ्यो

    काठमाडौं उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ। यसै क्रममा उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो। हिजो ७ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ।

    त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ अहिलेकै स्थिर रहन पनि सक्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

    सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट