logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • विभिन्न दलका शीर्ष नेतासँग वार्ताको तयारीमा प्रधानमन्त्री कार्की

    877Shares
    विभिन्न दलका शीर्ष नेतासँग वार्ताको तयारीमा प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।

    स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् । विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।

    ‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै क्रममा छ,’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूनिकट नागरिक समाजका मान्छेहरूसँग विभिन्न तवरले सूचना आदानप्रदान भइरहेको छ ।’

    शीर्ष नेताहरूसँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउनसक्ने उक्त स्रोतको दाबी छ । ‘यही हप्ताभित्रमा निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइराखेको छ, मिति तय भइसकेको छैन’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट