logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • पूर्णरूपमा सञ्चालन हुन थाल्यो सर्वोच्च अदालत

    1.1KShares
    पूर्णरूपमा सञ्चालन हुन थाल्यो सर्वोच्च अदालत

    काठमाण्डाै । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गएकाे भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्रूपमा सञ्चालन भएको हो ।

    सर्वोच्च अदालतको गएकाे कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    अवरुद्ध भएका सेवा शुरू हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाऔँको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवम् सुनुवाइ आजदेखि शुरू भएको सर्वोच्च अदालतले जनाएको छ ।

    जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट