logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • आयोगले गर्यो निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक

    1.2KShares
    आयोगले गर्यो निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक

    काठमाडौं।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ।आयोगले  मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न सो आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी पृष्ठपोषणका लागि ‘वेबसाइट’मार्फत आइतबार सार्वजनिक गरेको हो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा सो मस्यौदामाथि आगामी मंसिर ७ गतेभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्था, आमनागरिक एवं सरोकारवालालाई आग्रह गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट