logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • इस्लामावादमा अदालत अगाडि बम विष्फोटमा परी १२ को मृत्यू

    970Shares
    इस्लामावादमा अदालत अगाडि बम विष्फोटमा परी १२ को मृत्यू

    काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको  अदालतबाहिर भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।प्रधानमन्त्री शहबाज शरीफले यो हमलासँगै सोही दिन बिहान अफगानिस्तानसँगको सीमानजिकैको एक क्याडेट कलेजमा भएको अर्को हमलाका लागि भारतलाई दोष लगाएका छन् ।
    आफ्नो भनाइलाई पुष्टि गर्ने बिना कुनै प्रमाण प्रधानमन्त्री शरीफले भने, “यी दुवै हमला यस क्षेत्रमा भारतीय राज्य आतंकवादका सबैभन्दा खराब उदाहरणहरू हुन् ।”सरकारको ‘एक्स’एक्समार्फत उनले थपे, “अन्तर्राष्ट्रिय समुदायले भारतका यस्ता कपटी षड्यन्त्रहरूको निन्दा गर्ने समय आएको छ ।”

    आतंकवादको विपत्तिलाई पूर्णरूपमा समाप्त नगरुन्जेलसम्म उनीहरूविरुद्धको युद्ध जारी राख्ने उनले बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट