logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • निर्वाचनको वातावरण बनाइए कांग्रेसले चुनाब लड्छः कार्यवाहक सभापति खड्का

    1.1KShares
    निर्वाचनको वातावरण बनाइए कांग्रेसले चुनाब लड्छः कार्यवाहक सभापति खड्का

    सुर्खेत– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पूर्व पार्टी सभापति गाेविन्द बहादुर मल्लको १३ ‍औँ पून्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरेको छैन ।’

    कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हम्मे भने जेन-जीकाे पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको आरोप लगाए ।

     



    फास्ट न्युज    
  • २०८२ कार्तिक ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट