logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री अधिकारी

    1.3KShares
    अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री अधिकारी

    कृष्णनगर (कपिलवस्तु) कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताउनुभएको छ । चन्द्रौटामा आइतबार आयोजित एक कार्यक्रममा उहाँले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताउनुभयो । अब मलको हाहाकार नहुने बताउँदै उहाँले किसानलाई आश्वस्त पार्नुभयो ।

    मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताउनुभयो । “मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ”, उहाँले भन्नभयो ।

    नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाउनुभयो ।
    –––



    फास्ट न्युज    
  • २०८२ भाद्र १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट