काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार) देखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शो यही भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।
नाडामा १२५ बढी कम्पनी तथा संस्थाका स्टल रहने छन् । जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकलरस्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ । ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू रहने प्रदर्शनीमा उड्ने कारसमेत राखिने नाडाले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया