logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • आज यी स्थानमा हुनेछ भारी वर्षा

    1.2KShares
    आज यी स्थानमा हुनेछ भारी वर्षा

    काठमाडौं।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराईनजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसका प्रभावले मंगलबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    आज राति देशभर पूर्णतया बदली रहनेछ। मधेस लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट