logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    1.2KShares
    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको  जल तथा मौसम विज्ञान विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति पनि देशभर साधारणतया बदली रहनेछ।

    त्यस्तै कोशी प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट