logo

२०८३ श्रावण १४ बिहीबार

logo
  • २०८३ श्रावण १४ बिहीबार
  • मन्त्री चयनको विषयलाई लिएर बागमती प्रदेशका नयाँ मुख्यमन्त्री बानियाँसँग निवर्तमान मुख्यमन्त्री लामा असन्तुष्ट

    1.1KShares
    मन्त्री चयनको विषयलाई लिएर बागमती प्रदेशका नयाँ मुख्यमन्त्री बानियाँसँग निवर्तमान मुख्यमन्त्री लामा असन्तुष्ट

    हेटौंडा । आफूले सिफारिस गरेका मन्त्रीहरु नियुक्त नभएकामा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा असन्तुष्ट भएका छन् । उनले आफू अल्पमतमा पर्दा सिफारिस गरेका तीन मन्त्री समेटेर बागमती प्रदेश सरकार बनाउने सहमति भएपछि मात्रै राजीनामा दिएका थिए ।

    तर, पार्टी सभापति शेरबहादुर देउवालेसमेत भनेको नमानेर नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहमति उल्लंघन गरेको भन्दै शपथ ग्रहण समारोहबाट बाहिर निस्केर पत्रकारहरुसँग असन्तुष्टि जनाए ।

    उनले भने, ‘आदरणीय सभापतिज्यूले भन्नु भएको कुरा पनि कार्यान्वयन गरिएन ।’ उनले आफ्नै पार्टीका मुख्यमन्त्री बदल्ने नजिर बसाएर गलत संस्कार विकास गरिएको भन्दै आपत्ति जनाए ।

    ‘यो संविधानविरुद्ध हो, गलत नजिर बस्यो’, उनले भने, ‘भोलि यसले ठूलो क्षति हुनेछ ।’ उनी सहमति कार्यान्वयन नभएकाले पार्टी सभापति शेरबहादुर देउवा भेट्न जाने भन्दै साँझ काठमाडौँ हिँडेका छन् ।

    उनले आन्तरिक मामिला तथा कानून, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई नियुक्ति दिएपछि उनीहरुलाई सरकारमा समेट्न पार्टी सभापति देउवा सहमत भएको र राजीनामा दिन तयार भएको बताएका थिए । तर मंगलबार उनीहरु कसैको पनि शपथ भएन ।

     

     



    फास्ट न्युज    
  • २०८२ श्रावण २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट