logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • अहिलेको परिवर्तनमा स्व बगालेको महत्त्वपूर्ण योगदान छः कांग्रेस सभापति देउवा

    1.3KShares
    अहिलेको परिवर्तनमा स्व बगालेको महत्त्वपूर्ण योगदान छः कांग्रेस सभापति देउवा

    चितवन, १८ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले हरेक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

    कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताउनुभयो । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उहाँले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मनुभएका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट