कास्की, १४ साउनः कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।
घाचोकको लस्तीखोलास्थित हेमजा–माछापुच्छ्रे सडक खण्डमा बिहान खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो स्थानमा बिहान ९ः३० बजे पहिरो गएको थियो । दिउँसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।
घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे –३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते हुनुभएको छ । उहाँको पोखराका मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया