logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • उपसभामुख राना स्वदेश फिर्ता

    1KShares
    उपसभामुख राना स्वदेश फिर्ता

    काठमाडौं। उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमवार स्वदेश फर्किएकी छन् ।उपसभामुख राना चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार राति ११.३० बजे स्वदेश फर्किएकी हुन् ।उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित सांघाई सहयोगमञ्च, मिडिया र ‘थिंक ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।

    सो कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गरेकी थिइन्, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहर लगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गरेकी थिइन् ।उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट