logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • नेप्से ८०.९७ अंकले बढ्यो, २० अर्बको कारोबार

    1.2KShares
    नेप्से ८०.९७ अंकले बढ्यो, २० अर्बको कारोबार

    काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक एक वर्षअघिको उच्च विन्दुनजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज नेप्से परिसूचक तीनहजार विन्दु नजिक पुगेको हो ।

    मंगलबार नेप्से नेप्से ८०.९७ अंकले बढेर २९७३. ७० विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै शिभम सिमेन्ट र सान्भी इनर्जीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९.९० प्रतिशतले बढेको छ ।

    बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। उत्पादनमुलक, लघुवित्त र जीवन बीमा कम्पनी समूहका समूहगत परिसूकचमा सबैभन्दा धेरैले वृद्धि भएको छ। यी समूहगत परिसूचक चार प्रतिशतभन्दा धेरैले बढेका छन्।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको सर्वाधिक ४.६३ प्रतिशतले मूल्य बढेको छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट