logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • संघीय अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै

    934Shares
    संघीय अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै

    काठमाडौं । संघीय अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै छ । आज प्रतिनिधिसभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रियसभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    आज बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल गरिने कार्यसूची रहेको छ ।

    यस्तै, दिनको २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ ।

    यसैगरी दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको ९५औं बैठकमा आज जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट