logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • पक्राउ परे मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा

    1.1KShares
    पक्राउ परे मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा उर्फ अहिराजलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार विहान भद्रकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

    बालिकामाथि बलात्कारको आरोपमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए। माघ ३ गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएपछि उनी भारततर्फ भागेका थिए। केही समययता काठमाडौंमै लुकेर बसिरहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

    जिल्ला अदालतले यसअघि नै चैत २५ गते पक्राउ अनुमति दिएको थियो। आइतबार पक्राउ परेपछि उनलाई ५ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

    जाहेरीअनुसार, अहिराजले पीडित किशोरीलाई १७ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका थिए। मधेसी समुदायकी ती युवतीलाई काठमाडौं ल्याएर घरेलु काममा लगाउने र पढाउने प्रलोभन देखाएर निरन्तर यौन दुर्व्यवहार गरिएको आरोप छ।

    जाहेरी सार्वजनिक भएपछि पीडितले आफूलाई विभिन्न माध्यमबाट धम्की दिइएको बताउँदै आएकी छन्। राजेश झा (अहिराज) २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ सम्म मधेश प्रदेशको प्रमुखको रूपमा नियुक्त थिए।



    फास्ट न्युज    
  • २०८२ श्रावण ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट