logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रधानमन्त्रीको सल्लाह : ‘२० वर्षमा बिहे गरेर ३० मा सन्तान जन्माईसक्नू’

    970Shares
    प्रधानमन्त्रीको सल्लाह : ‘२० वर्षमा बिहे गरेर ३० मा सन्तान जन्माईसक्नू’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने उनको ठहर छ ।

    आर्थिक विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नुपर्नेमा प्रम ओलीले जोड दिए । चाँडै सन्तान जन्माउँदा हुने फाइदाबारे बताउँदै भने, ‘ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म त जेठी छोरी हुर्किसकेकी हुन्छे ।’

    विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने धारणा राखे ।

    ‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ’, उनले भने, ‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड ।’

    प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन आग्रह गरे ।

    ‘हाम्रा युवाहरु के गीत गाउँछन् भने चालीस कटेसी रमाउँला १ अनि ४० कटेपछि रमाएर‘ महिलाहरुको प्रजनन उमेर ४० कटेपछि अत्यन्तै न्यून हुन्छ । प्रायः हुँदैन । अनि ४० कटेसी रमाउँला भनेर हुन्छ ? त्यसकारण २० पछि बिहे गर, सन्तान जन्माऊ, यसमा प्रेरित गर्नुपर्छ युवाहरुलाई’, प्रधानमन्त्रीले भने ।



    फास्ट न्युज    
  • २०८२ असार २७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट