काठमाण्डौ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाकी समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै बैंकिङ कसूरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । पर्साको पोखरियाकी आशाकुमारी चौहानले रायमाझीविरुद्ध उजुरी दिनुभएको थियो ।
३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको कसूरमा रायमाझीविरुद्ध पुर्जी आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया