logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • सुनचाँदी व्यवसायीले स्थगित गरे आन्दोलन , अल्टिमेटम दिँदै खाेले पसल

    1.1KShares
    सुनचाँदी व्यवसायीले स्थगित गरे आन्दोलन , अल्टिमेटम दिँदै खाेले पसल

    काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । केही दिनयता काठमाडौं र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।

    सुनचाँदी व्यवसायीले आफूहरूको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुने गरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ । व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ असार ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट