logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • विपक्षी दल रास्वपा र राप्रपाको विरोधकाबिच प्रतिनिधिसभा बैठक जारी

    1.1KShares
    विपक्षी दल रास्वपा र राप्रपाको विरोधकाबिच प्रतिनिधिसभा बैठक जारी

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि विपक्षी दल रास्वपा र राप्रपाको विरोधकाबीच जारी छ । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै छानबिन र राजीनाको माग गर्दै रास्वपा सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरिरहेका छन् ।

    सभामुख देवराज घिमिरेले अवरोधका बाबजुद बैठक सञ्चालन गरेपछि सांसदहरू वेल अगाडि आएर नारा लगाइरहेका छन् । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी छ। माओवादीले सहमति जनाए पनि रास्वपा र राप्रपा भने असन्तुष्ट छन् ।

    बैठक सुरु भएपछि सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिएका थिए । लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै यदि बैठक चलाइए बहिष्कार गर्ने र त्यस दिनको भत्ता नलिने घोषण गरेका छन् । त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । परियारले पनि विरोधका बाबजुद संसद् बैठक सञ्चालन गरिनु उपयुक्त नहुने धारणा राखे पनि सभामुख घिमिरेले पेलेरै बैठक सञ्चालन गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ असार २, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट