काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिए ।
‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ कार्यबाहक प्रवक्ता झाले बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका थिए । सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा प्रतनिधिसभा चल्न सकेको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया