logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने

    1.1KShares
    अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने

    काठमाण्डाै – देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने छ ।

    पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो ठाउँमा तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो । तर आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

    अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।

    अहिले कोशी प्रदेशमा पनि मनसुन शिथिल छ । बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले कोशी प्रदेशमा आइसकेको मनसुन भने आज बेलुकादेखि नै सक्रिय बन्न थालेर बिस्तारै पश्चिमतर्फ सर्न थाल्नेछ ।

    आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि वर्षा हुने पूर्वानुमान महाशाखाको छ । यसले किसानलाई राहत मिल्नेछ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र विशेषगरी पहाडी तथा हिमाली भेगका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट