logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • विपक्षी दलहरूले संसद् बैठक चल्नै दिएनन्, बस्दै नबसी स्थगित

    988Shares
    विपक्षी दलहरूले संसद् बैठक चल्नै दिएनन्, बस्दै नबसी स्थगित

    काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित भएको हो । बैठक आइतवा दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक चल्न दिएका छैनन् । सदन खुलाउन निरन्तर छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

    नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरूको आज बसेको बैठकले आफ्नो माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने अडानलाई यथावत् राखेका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट