logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • भारत-पाकिस्तान तनाव सकिएपनि नेपाली सीमा क्षेत्रमा निगरानी

    1KShares
    भारत-पाकिस्तान तनाव सकिएपनि नेपाली सीमा क्षेत्रमा निगरानी

    काठमाडौं । नेपाली सुरक्षा अधिकारीहरूले पहलगाम घटना र पछिल्लो भारत-पाकिस्तान तनावपछि दक्षिणी छिमेकी भारतसँगको खुला सीमा जोडिएका क्षेत्रमा केही देशका नागरिकलाई “विशेष निगरानी जारी राखेको” बताएका छन्।त्यसका क्रममा नेपाल र भारतका सुरक्षा अधिकारीहरूले गुप्तचरसम्बन्धी सूचनाहरू आदानप्रदान बढाएको र संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती बढाएको उनीहरूको भनाइ छ।

    सीमा सुरक्षाबारे स्थानीय संयुक्त संयन्त्रका बैठकहरूलाई नियमित गरिएकाले त्यस्ता बैठकहरूको सङ्ख्या पनि बढेको अधिकारीहरूको भनाइ छ। भारतीय सञ्चारमाध्यमहरूले पनि दुई देशका सीमा सुरक्षाबलहरूले संयुक्त गस्ती गरिरहेको विवरणका खबरहरू प्रकाशित गरेका छन्।

    त्यस्तै पछिल्ला दिनहरूमा नेपाल-भारत सीमा क्षेत्रमा ड्रोनहरू उडेको भन्ने अपुष्ट विवरणहरू केही नेपाली सञ्चारमाध्यमहरूमा आएका छन्। यद्यपि नेपाली अधिकारीहरूले सीमा क्षेत्रमा ड्रोन उडेको पुष्टि गरेनन्।

    नेपालका भूतपूर्व वरिष्ठ सुरक्षा अधिकारीहरू भारत र पाकिस्तानबीच तनाव बढ्दा जहिल्यै पनि नेपाल-भारत सीमा क्षेत्रलाई लिएर दबाव उत्पन्न हुने बताउँछन्। त्यसका विभिन्न कारणहरू रहेको र त्यसमध्ये भारतमा भएका “कतिपय घटनामा नेपाली भूमिबाट तेस्रो मुलुकका नागरिक भारत प्रवेश गरेको घटनाहरूको पृष्ठभूमि” मुख्य भएको उनीहरूको भनाइ छ।

    कतिपय भारतीय सञ्चारमाध्यमहरूले नेपाली र भारतीय सुरक्षाकर्मीहरूले संयुक्त रूपमा सीमामा गस्ती बढाएको जनाइरहेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरूलाई उद्धृत गर्दै ती सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपालमा ‘सन्दिग्ध व्यक्तिहरू’ रहेको गोप्य सूचना प्राप्त भएपछि त्यस्तो गस्ती गरिएको हो।

    यद्यपि नेपाली अधिकारीहरू यस्तो गस्ती नियमित रूपमा नै हुने गरेको तर भारत-प्रशासित कश्मीरको पहलगाममा भएको घटना अनि भारत र पाकिस्तानबीच बढेको तनावपछि भने त्यस्ता गस्तीको सङ्ख्या बढाइएको बताउँछन्। पहलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

    नेपालमा सीमा सुक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालिदास धौबजीले बीबीसीसँग भने, “पछिल्लो परिस्थितिमा स्वाभाविक रूपमा सीमा क्षेत्रमा निगरानी बढाइएको छ। खुला सीमा भएकाले हामीले संवेदनशील भएर हेरका छौँ।”उनले पहिलेको तुलनामा नेपाल-भारत सीमा क्षेत्रमा कडाइ धेरै गरिएको र दुवै देशका सीमा सुरक्षाको जिम्मा पाएका निकायबीच थप समन्वय विस्तार गरिएको बताए।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट