logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • आईपीएलः लखनउले शीर्षस्थानको गुजरातलाई ३३ रनले हरायो

    1.1KShares
    आईपीएलः लखनउले शीर्षस्थानको गुजरातलाई ३३ रनले हरायो

    काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ । लखनउले जीतको लागि दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो ।

    गुजरातका साहरुख खानले ५७ र शेफने रूदरफोर्डले ३८ रन बनाए । लखनउका विल ओले ३ तथा आभेस खान र आयुष बदोनीले २र२ विकेट लिए । त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । लखनउका मिचेल मार्सले सर्वाधिक १ सय १७ रन बनाए । गुजरातका साई किशोर र अरशद खानले १र१ विकेट लिए ।

    लिग तालिकामा शीर्ष स्थानको गुजरातको १८ अङ्क छ भने आईपीएलबाट बाहिरिसकेको लखनउको १२ अङ्क छ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद खेल्दैछन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट