logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • पाँचवटा संसदीय समितिको बैठक आज, यी विषयमा छलफल …

    1.1KShares
    पाँचवटा संसदीय समितिको बैठक आज, यी विषयमा छलफल …

    काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ। बुधबार अर्थसमिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।

    बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो ९संशोधन विधेयक०, २०८० का सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।

    बिहान साढे ७ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरूले पेश गरेको प्रतिवेदन समितिसमक्ष पेश गर्ने कार्यसूची छ।

    पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ। बैठकमा विद्युतीय विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल हुने कार्यसूची छ।

    दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

    सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनउपर छलफल हुने कार्यसूची छ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट