logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • पेट्रोलमा एक र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    985Shares
    पेट्रोलमा एक र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ भाउ घटाएको हो ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५४ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १३९ रूपैयाँ ५० पैसा पर्नेछ ।

    दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ र डिजेल–मट्टीतेलको १४१ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ तथा डिजेल–मट्टीतेलको १४२ रूपैयाँ पर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट