logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप

    1KShares
    रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई मंगलबार आठौंपटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।

    १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य कारणले थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ, भने आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं थुनामै छन् ।

    मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

    गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार