logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • नेपाल आतंकवादका विरुद्ध उभिनु स्वागतयोग्य : रास्वपा

    1KShares
    नेपाल आतंकवादका विरुद्ध उभिनु स्वागतयोग्य : रास्वपा

    काठमाडौं । भारत-पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादका विरुद्ध उभिनु स्वागतयोग्य रहेको उल्लेख गरेकाे छ ।

    रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि, हिजो साँझ वक्तव्यमार्फत सार्वजनिक गरेको आतंकवादका विरुद्धको अडानको स्वागत गर्दै भारत-पाकिस्तानबीच ‘युद्ध’ को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावको आँकलन गरी योजना निर्माण गर्न माग गर्दछु।’

    एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मिरमा भएको आतंकवादी हमलाप्रति रास्वपाले कडा निन्दा गरेको छ । यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेका छन् । विद्यार्थीहरूकाे तुरुन्त उद्धार र सुरक्षाको पहल गर्न साथै संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन र रुलिङ गर्न विज्ञप्तिमा माग गरिएकाे छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट