logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • गृहमन्त्री लेखकको दाबी-‘पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन

    865Shares
    गृहमन्त्री लेखकको दाबी-‘पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना  तथा  द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

    उनले भने, ‘ १०  बर्षे सशस्त्र द्वन्द्वपछि राजनीतिक उपलब्धिहरु प्राप्त गर्यौं । शान्ति सम्झौता गर्यौ, माओवादी सेना व्यवस्थापन गर्यौ, संविधान सभा बनायौ, नयाँ संविधान बनायौं, नयाँ संविधान अन्तरगत पनि दुईवटा निर्वाचनहरु सम्पन्न गरेर राजनीतिक प्रक्रियामा धेरै अगाडि बढेका छौ । तर १० वर्षे सशस्त्र द्वन्द्वले समाजमा जुन पीडा, समस्या र पीडित भयो त्यो संक्रमणकालिन न्यायको विषयलाई हामीले सम्बोधन गर्न सकेका छैनौ ।’

    उनले आफू मन्त्री बनेको १० महिना भएको उल्लेख गरे । १० महिनाको समय धेरै नरहेको उनले बताए ।उनले विगतमा १० महिनामा सरकार परिवर्तन भएका स्मरण गरे । वर्तमान सरकार १० महिनामै नफेरिने उनले बताए । यस्ता १० महिना तीन/चार अरू पनि कट्ने उनको भनाइ थियो ।
    गृहमन्त्री लेखकले भने, ‘यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरु व्यहोर्छौं ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट