logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि छलफल गरिँदै

    1KShares
    प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि छलफल गरिँदै

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनपछि छलफल गरिने संसद सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट