logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • मन्त्रिपरिषद् बैठकले गर्यो २९ महत्वपूर्ण निर्णय (सूचीसहित)

    1KShares
    मन्त्रिपरिषद् बैठकले गर्यो २९ महत्वपूर्ण निर्णय (सूचीसहित)

    काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले मङ्गलबार १५ र बुधबार १४ वटा निर्णय गरेको छ ।

    बुधबार बसेको बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८१/१२/११ गतेको निर्णयअनुसार गठित नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा ना सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरुमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

    यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीको उपरथी दर्जामा र दुई जना महासेनानीको सहायक रथी दर्जामा बढ्ना गर्ने निर्णय बैठकले गरेको छ ।

    वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्रीले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट