logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • पर्सामा एक युवाको अपहरणको आरोपमा चारजना पक्राउ

    1.4KShares
    पर्सामा एक युवाको अपहरणको आरोपमा चारजना पक्राउ

    काठमाडौं। पर्सामा एक युवाको अपहरण भएको छ । अपहरण आरोपमा नाबालकसहित चार जना पक्राउ परेका छन् । बारा कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधीरप्रसाद साहको अपहरण परेका हुन् । मंगलबार उनलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्‍ज महानगरपालिका–१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् । सुधीरलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्दार गरी अपहरणमा सलंग्न उनीहरूलाई पक्राउ गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट