logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • जम्मु कश्मीरमा नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

    904Shares
    जम्मु कश्मीरमा नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

    भारत । भारतको जम्मु कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ ।

    सुरक्षा अधिकारीका अनुसार पर्यटकहरूमाथि बन्दुकधारीले गोली बर्साएका हुन् । जुन घटनामा एकजना नेपाली पर्यटकसहित अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् ।जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालैका वर्षमा आमनागरिकलाई निशाना बनाइएको सबैभन्दा ठूलो घटना भनेका छन् । यो आक्रमणमा कयौँजना घाइते भएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।बीबीसीका अनुसार केही घाइतेहरूलाई अनन्तनागको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । दैनिक भास्करका अनुसाभर यो आक्रमणमा पर्यटकका रुपमा पहलगाम पुगेका एकजना नेपाली पनि मारिएका छन् । तर उनको पहिचान खुलाइएको छैन । नेपालीसहित आक्रमणमा मारिनेमा अन्य विदेशी पर्यटक पनि छन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई कुनै हालतमा नछाडिने उल्लेख गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट